Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
A A+ A-

काभ्रेपलान्चोक। निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ।

काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्‍याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो। निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ। पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबिच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो।

तीन वर्ष अर्थात् विसं २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो। निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको हो।

विभागका इन्जिनियर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बहाना गर्दै आएको स्थानीयले गुनासो गरेका छन्। समयसीमाभित्र काम नगरेपछि पछिल्लो पटक २०८१ वैशाख २० गते विभागीय निर्णयानुसार २३ महिना २५ दिन म्याद थप गरिएको थियो। निर्माण व्यवसायीले थपिएको समयमा पनि काम नगरेको महर्जनले बताए।

पुल निर्माणका लागि मूल्य अभिवृद्धि कर ९भ्याट० सहित रु ११ करोड सात लाख ४२ हजार २०० मा ठेक्का सम्झौता भएको थियो। हालसम्म पुलको तीन वटा पिल्लर उठाउनाका साथै काभ्रेपलाञ्चोकतर्फ एउटा स्पान तयार भएको छ।

भुम्लु गाउँपालिका–१ का वडाध्यक्ष लेखबहादुर श्रेष्ठ निर्माणाधीन पुलको काम सम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नु परेको बताउनुहुन्छ। “पुल नबन्दा यहाँका नागरिकले १५ किलोमिटर बढी सडकको यात्रा गर्नुपर्ने बाध्यता छ, पुल बन्दा चार किमी मात्रै हिँडे पुग्छ”, उनले भने।

यसैबिच काभ्रेपलान्चोकका सांसद बदन भण्डारीले केही दिन पहिले अलपत्र अवस्थामा रहेको पुलको अनुगमन र निरीक्षण गर्नुभएको थियो। उहाँले पुल निर्माणका लागि आफूले पहल गर्ने बताएका थिए।

2