Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

अपि हिमाल आधार शिविरमा पर्यटन उत्सव सुरु

अपि हिमाल आधार शिविरमा पर्यटन उत्सव सुरु
A A+ A-

काठमाडौं: दार्चुलाको अपि हिमाल आधार शिविरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन उत्सव सुरु भएको छ। अपि हिमाल गाउँपालिका-१ मा आयोजित उक्त उत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री भट्टसहित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावल र सभामुख भीमबहादुर भण्डारी हेलिकोप्टरमार्फत सो स्थानमा पुगेका थिए।

गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार तीन दिनसम्म चल्ने यो उत्सव कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ। उत्सवमा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, योग तथा ध्यान शिविर र जलवायु संवादजस्ता विभिन्न कार्यक्रमहरू समावेश गरिएको छ। उत्सवको पहिलो दिन साहित्यकार र कलाकारहरूको उपस्थितिमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्।

दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता आयोजना गरिनेछ। विशेष गरी, अपि हिमालको काखमा क्रिकेट प्रतियोगिता सञ्चालन गरेर उच्च हिमाली क्षेत्रमा खेल पर्यटनको सम्भावना उजागर गर्ने लक्ष्य राखिएको छ। उत्सवको तेस्रो दिन ‘वेलनेस टुरिज्म’ प्रवर्द्धन गर्ने उद्देश्यले योग तथा ध्यान शिविर सञ्चालन हुनेछ। साथै, जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन जलवायु संवाद पनि आयोजना गरिनेछ।

यस क्षेत्रमा वार्षिक करिब ५ हजार पर्यटक आउने गरेकामा गाउँपालिकाले यस वर्ष १० हजार पुर्‍याउने लक्ष्य लिएको छ। अपि हिमाल समुद्री सतहबाट ७ हजार १ सय ३२ मिटर उचाइमा अवस्थित छ। पर्यटन विकास, स्थानीय रोजगारी सिर्जना र जलवायु अनुकूलनका कार्यक्रमहरू प्रवर्द्धन गर्नु उत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष बोहराले बताए।

2