Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बागलुङ नगरको बजेट एक अर्ब ३० करोड

बागलुङ नगरको बजेट एक अर्ब ३० करोड
A A+ A-

बागलुङ- बागलुङको पुरानो नगरपालिका बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्ब ३० करोडको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको १७औँ नगरसभामा मङ्गलबार नगरउपप्रमुख राजु खड्काले आ.व. २०८२/८३ का लागि एक अर्ब ३० करोड ९५ लाख ५८ हजार पाँच सय ६९ रुपियाँ बजेट प्रस्तुत गर्नुभयो । उपप्रमुख खड्काले आर्थिक विकासतर्फ दुई करोड ९७ लाख, पूर्वाधार विकासतर्फ ३९ करोड ५१ लाख ३९ हजार दुई सय ८० रुपियाँ, सामाजिक विकासतर्फ ६४ करोड ४१ लाख ४४ हजार नौ सय २० रुपियाँ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १७ करोड २४ लाख ४० हजार रुपियाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ६ करोड ८१ लाख ३४ हजार तीन सय ६९ रुपियाँ बजेट विनियोजन गर्नुभएको छ ।

नगरपालिकाले नगरस्तरीय पूर्वाधार निर्माणका लागि तीन करोड रुपियाँ र वडा नम्बर १ देखि १४ नं. वडाका साना पूर्वाधार निर्माण तथा वडा स्तरीय कार्यक्रम सञ्चालनका लागि ६ करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ । नगरपालिकाले बजारका उपयुक्त स्थानमा कपडा बैंक स्थापना, आत्मनिर्भर बागलुङ कार्यक्रमलाई बजेट विनियोजित गरेको उपप्रमुख खड्काले प्रस्तुत गर्नुभयो ।

वडा नं. १३ पैयुँपाटामा १५ शय्याको नगर अस्पतालको भवन निर्माण सम्पन्न गर्न, बजारक्षेत्रको दोहोरो नाली र फुटपाथसहितको सडक व्यवस्थापन र बालमैत्री स्थानीय शासनको दिगोपना लगायतका कार्यक्रम बजेटमा समावेश छन् ।

2