कञ्चनपुर। महाकाली नदीमाथि रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको बीच भाग चुँडिएर नदीमा खसेपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ।
बुधबार बिहान पुलका केही भागमा फलामका पाता अस्वाभाविक रूपमा माथि उठेको देखिएपछि केही समयमै पुलको बीच भाग एक पिलरबाट चुँडिएर नदीमा खसेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको पिलरबाट पुल चुँडिएको हो।
पुलको बीच भागमा क्षति पुगेपछि दोधारा–चाँदनी क्षेत्रका स्थानीय तथा यात्रुको आवतजावत प्रभावित भएको छ। घटनापछि पुलबाट हुने आवतजावत पूर्ण रूपमा रोकिएको छ।
