Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सल्यानका नौ पालिकाको बजेट सवा पाँच अर्बभन्दा बढी

सल्यानका नौ पालिकाको बजेट सवा पाँच अर्बभन्दा बढी
A A+ A-

सल्यान- सल्यानका १० स्थानीय तहमध्ये नौ स्थानीय तहले पाँच अर्ब १९ करोड ४७ लाख २५ हजार ७७८ रुपियाँ बराबरको बजेट ल्याएका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ ले आगामी आर्थिक वर्षको राजस्व र बजेट अुनमान असार १० गते भित्र गाउँ तथा नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था गरेको बमोजिम यहाँका स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन्।

जिल्लाका दुई नगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ को लागि एक अर्ब ९८ करोड २९ लाख १२ हजार रुपियाँ बराबरको अनुमानित बजेट नगरसभाबाट पारित गरेका छन्।

शारदा नगरपालिकाको बजेट एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपियाँ छ भने बनगाड कुपिण्डे नगरपालिकाको बजेट ७९ करोड रुपियाँ छ। तर जिल्लाको अर्काे नगरपालिका बागचौर नगरपालिकाले भने नगरसभाको १४ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पेश गरेर पारित गरेको छ भने बजेट कार्यक्रमबारे छलफल चलिरहेकाले अधिवेशनको अर्काे बैठकमा पेश हुनेछ।

गाउँपालिकातर्फ छत्रेश्वरी गाउँपालिकाले ५२ करोड ५३ लाख ३८ हजार १९४ रुपिँयाको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ। आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकाससँगै वातावरण, विपद् तथा प्राकृतिक स्रोत व्यवस्थापनलाई जोड दिँदै यस गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो।

यस्तै कालिमाटी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ४९ करोड ९५ लाख, कुमाख गाउँपालिकाले ४९ करोड ८७ लाख तथा त्रिवेणी गाउँपालिकाले ४५ करोड ८४ लाख ४१ हजार ५८४ रुपिँयाको बजेट सार्वजनिक गरेका छन्।

जिल्लाको दार्मा गाउँपालिकाले ४४ करोड ९२ लाख ४६ हजार तथा कपुरकोट गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर ४२ करोड ६८ लाख ८८ हजार र सिद्धकुमाख गाउँपालिकाले ३५ करोड ३७ लाख रुपियाँको बजेट पारित गरेका छन्।

2