Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक
अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त भएको एक महिनामा प्राडा विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार उहाँसँग हाल साढे १७ करोड रुपियाँभन्दा बढीको सम्पत्ति रहेको छ । यसमा सबैभन्दा ठुलो हिस्सा सेयर लगानीको छ । गभर्नर पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १४ करोड पाँच लाख ६७ हजार रुपियाँ बराबरको सेयर लगानी, दुई करोड रुपियाँभन्दा बढीको घरजग्गा, करिब २७ लाख रुपियाँ बैङ्क खातामा नगद बचत, ४५ तोला सुन, १५ लाख बराबरको हिरा र चारपाङ्ग्रे सवारीसाधन समावेश छ ।

राष्ट्र बैङ्कमा पेस गरिएको विवरण अनुसार सेयर लगानीमा मुख्य सम्पत्ति रहेका गभर्नर पौडेल सात कम्पनीमा प्रवर्धक (संस्थापक) लगानीकर्ता रहनुभएको छ । ती कम्पनीमा सानिमा बैङ्क, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जी र ग्लोबेको प्रालिमा श्रीमती प्रतिभा शर्माको नाममा समेत लगानी गरिएको उक्त विवरणमा उल्लेख छ ।

यस्तै गभर्नरकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैँबुमा एक करोड ५५ लाख रुपियाँ मूल्यको जग्गा र नवलपरासीको गैँडाकोटमा ६० लाख मूल्यको जग्गा रहेको उल्लेख गरिएको छ । त्यस्तै ४४ लाख रुपियाँ मूल्यको सुजुकी ब्रान्डको चारपाङ्ग्र्रे गाडी पनि प्रतिभा शर्माको नाममा रहेको छ ।

गभर्नर पौडेल दम्पतीको नाममा संयुक्त रूपमा छ वटा बैङ्क खाता छन् । तीमध्ये दुई वटा डलर खाता छन् । सानिमा बैङ्कमा रहेको डलर खातामा पाँच हजार ५१६ अमेरिकी डलर, बाँकी खातामा गरी २६ लाख ८६ हजार नेपाली रुपियाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँले नगद सम्पत्ति आफ्नो स्वआर्जनबाट आर्जन गरिएको विवरणमा उल्लेख गर्नुभएको छ ।

गभर्नर पौडेलसँग ४५ तोला सुन र १५ लाख रुपियाँ बराबरको हिरा रहेको विवरणमा उल्लेख गरिएको छ । सुनको मूल्य विवरण भने खुलाइएको छैन । सम्पत्तिको स्रोतबारे गभर्नर पौडेलले स्वआर्जन र पैतृक सम्पत्ति दुवै रहेको विवरणमा उल्लेख गर्नुभएको छ ।

2