Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु, कोरला नाकासँग सम्पर्क जोडिँदै

बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु, कोरला नाकासँग सम्पर्क जोडिँदै
A A+ A-

म्याग्दी। बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दी सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ। बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो।

आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म सडक मर्मत भइसकेको जानकारी दिइन्।

‘कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको ४६ ठाउँमा क्षति पुगेको छ’, उनले भनिन्, ‘मालढुंगादेखि बेनी हुँदै गलेश्वरसम्म र जोमसोमदेखि दाना हुँदै नागढुंगासम्म मर्मत भई यातायातका साधन सञ्चालन हुन थालेका छन्।’

रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डको सडक मर्मतका लागि स्थानीयस्तरमा उपलब्ध सडक विभाग, जलविद्युत् आयोजना र निर्माण व्यवसायीका उपकरण र मजदुर परिचालन गरिएको छ।

११ असोजमा कालीगण्डकी नदीकाे बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मत कार्य पनि आजदेखि सुरु गरिने आयोजना प्रमुख शर्माले बताइन्। बेनी–जोमसोम सडक अवरुद्ध हुँदा रसुवा र तातोपानी नाकाको विकल्पका रूपमा चीनसँगको व्यापारिक नाका कोरलासँगको यातायात सम्पर्क टुटेको छ।

कोरला नाकामा सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन्। मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकासँग यातायात सम्पर्कविच्छेद भएको छ। मुस्ताङमा उत्पादन भएको स्याउ, आलु बजार पठाउन सकिएको छैन। दसैँका लागि भेडाच्याङ्ग्रा बजारमा बिक्रीका लागि लैजान समस्या भएको छ।

पर्यटकीय गतिविधि ठप्प बनेको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन, जटिल प्रकृतिका बिरामीलाई अस्पताल पुग्न हेलिकाेप्टरको सहारा लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

कटिङ, फिलिङ, डाइभर्सन, नयाँ मार्ग खोल्ने विकल्प अपनाएर सडक खुलाउने प्रयास गरिएको छ। तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा सडक खुलाउन चुनौती देखिएको छ। यसअघि सडक भएको ठाउँमा कालीगण्डकीले कटान गरेर आयोजनाको स्विचयार्ड नजिकैबाट नदी बगेको छ।

सडक खुलाउनका लागि स्विचयार्डका प्रयोगमा नरहेका वैकल्पिक रूपमा रहेका दुईवटा टावर हटाउनुपर्ने भएको छ। टावर हटाउनका लागि राहुघाटको प्रवर्द्धक रघुगंगा हाइड्रोपावरका सञ्चालक नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।

2