Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

दूरसञ्चार सेवाको गुणस्तर बढाउन मन्त्री तिमिल्सिनाको निर्देशन

दूरसञ्चार सेवाको गुणस्तर बढाउन मन्त्री तिमिल्सिनाको निर्देशन
A A+ A-

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर कमजोर भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणसँग यसको अवस्थाबारे विस्तृत जानकारी मागेका छन्।

टेलिफोन र इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न मन्त्रालयमा आयोजित छलफलमा मन्त्री तिमिल्सिनाले काठमाडौं उपत्यकामै सेवा कमजोर हुनु गम्भीर विषय भएको बताएका छन्।

उनले नागरिकको अपेक्षाअनुसार भरपर्दो र सहज सेवा उपलब्ध गराउन नियामक निकाय र सेवा प्रदायक दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिए। मन्त्री तिमिल्सिनाले भने, ‘दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर भयो भन्ने गुनासो अझै हट्न सकेका छैनन्।

त्यसमा जसरी पनि सुधार गर्नैपर्नेछ।’ उनले मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनबमोजिम कडा कारबाही गर्न प्राधिकरणलाई निर्देशन दिएका छन्। साथै, उनले फोरजी सेवा विस्तार र फाइभजी प्रविधि कार्यान्वयनका लागि स्पष्ट कार्ययोजनासहित अघि बढ्न आग्रह गरेका छन्।

छलफलका क्रममा प्राधिकरणका पदाधिकारीले गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन र ड्राइभ टेस्ट उपकरणको अभाव रहेको जानकारी गराएका थिए। प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले सेवा प्रदायकलाई सचेत गराउँदै आएको बताउँदै अब कानुनअनुसार कारबाही र जरिवाना प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए।

प्राधिकरणले सेवा प्रदायकले पर्याप्त लगानी नगर्दा र पूर्वाधार विस्तारमा ढिलाइ हुँदा समस्या देखिएको जनाएको छ। मन्त्री तिमिल्सिनाले प्राधिकरणको नियामकीय क्षमता अभिवृद्धि गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नियमित अनुगमन प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।

2