Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

नेपाल पानोरमा फिल्ममा ७५ लघु चलचित्रबीच प्रतिस्पर्धा

नेपाल पानोरमा फिल्ममा ७५ लघु चलचित्रबीच प्रतिस्पर्धा
A A+ A-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’ अन्तर्गत ‘नेपाल पानोरमा शर्ट फिल्म’मा ७५ वटा लघु चलचित्रबीच प्रतिस्पर्धा गराउने भएको छ।

महानगरले आगामी १३ देखि १५ कात्तिक २०८३ सम्म आयोजना गर्ने फिल्म फेस्टिभलका लागि नेपाल पानोरमा शर्ट फिल्म र ‘शर्ट भिडियो च्यालेन्ज’ विधामा आवेदन आह्वान गरेको हो।

नेपाल पानोरमा शर्ट फिल्मका लागि ३० मिनेटसम्मका मौलिक तथा समसामयिक नेपाली कथामा आधारित लघु चलचित्र पठाउन सकिनेछ। यस विधामा १८ वर्षभन्दा माथिका नेपाली फिल्मकर्मीले सहभागिता जनाउन पाउनेछन्।

प्राप्त आवेदनमध्ये छनोट भएका ७५ वटा लघु चलचित्र फेस्टिभलमा प्रदर्शन तथा प्रतिस्पर्धाका लागि समावेश गरिने महानगरले जनाएको छ। छनोट हुने फिल्ममध्ये उत्कृष्ट फिल्मलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

महानगरका अनुसार नेपाली समाज, कथा, संस्कृति र समसामयिक विषयलाई श्रव्यदृश्य माध्यमबाट प्रस्तुत गर्ने सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल पानोरमा शर्ट फिल्म कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

यसैगरी, ‘शर्ट भिडियो च्यालेन्ज’मा १८ देखि ३५ वर्षसम्मका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताका लागि बढीमा ५ मिनेट लामो भिडियो बनाउनुपर्नेछ।

नेपालको कला, संस्कृति, सम्पदा, खानपान तथा जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको शर्ट भिडियो च्यालेन्जमा प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

महानगरले नेपाल पानोरमा शर्ट फिल्मका लागि आवेदन दिने अन्तिम मिति ९ असोज २०८३ र शर्ट भिडियो च्यालेन्जका लागि १६ असोज २०८३ तोकेको छ।

फिल्म तथा श्रव्यदृश्य उत्पादनमा सक्रिय निर्माता, विद्यार्थी, कथाकार तथा कलाकारलाई सहभागी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको महानगरले जनाएको छ।

2