Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis

कालीगण्डकी करिडोरका ४६ मध्ये ४१ अवरोध हटाइयो, मर्मत कार्य जारी

कालीगण्डकी करिडोरका ४६ मध्ये ४१ अवरोध हटाइयो, मर्मत कार्य जारी
A A+ A-

मुस्ताङ- असोज ८ देखि ११ गतेसम्मको भीषण वर्षा र बाढीपहिरोले क्षतिग्रस्त कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकखण्डका ४६ मध्ये ४१ स्थानको अवरोध हटाइएको छ। बाँकी पाँच स्थानमा सडक मर्मत तथा पुनर्निर्माणको काम जारी रहेको छ। मालढुङ्गादेखि कोरलासम्मको २ सय २ किलोमिटर सडकखण्डमध्ये बिहीबार रातिसम्म पर्वत र मुस्ताङ खण्डमा यातायात सञ्चालनमा आएको छ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दी खण्डका करिब २० स्थानमा क्षति पुगेको छ। बैसरी, सिरुबारी, बेगखोला, पोखरेबगर, नौनीबगर र तातोपानी कुण्ड क्षेत्रमा मर्मत कार्य भइरहेको छ। शर्माले केही दिनभित्रै एकतर्फी रूपमा मुस्ताङसम्म यातायात सञ्चालन गर्ने प्रयास भइरहेको बताउनुभयो। नदी कटानले बेस बगाएका स्थानमा नयाँ ट्र्याक निर्माण र ग्याबियनसहितको काम भइरहेको छ।

सडक अवरुद्ध हुँदा दसैँ, तिहार र छठका लागि सामान ढुवानी गरिरहेका कन्टेनरहरू बीचबाटोमै रोकिएका छन्। कोरला नाकाबाट जाँचपास भएका करिब २ सय कन्टेनर अलपत्र परेका छन्। ७६ किलोमिटर लामो बेनी-जोमसोम खण्डको करिब २५ किलोमिटर क्षेत्रमा सडकको बेस नै बगाएको छ। सडक मर्मतका लागि पर्याप्त जनशक्ति र मेसिनको अभाव रहेको तथा इन्धनको समेत समस्या देखिएको आयोजनाले जनाएको छ।

मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले सडक सञ्जाल सुधारका लागि अन्तरजिल्ला समन्वय भइरहेको बताउनुभयो। सडक अवरुद्ध हुँदा मुस्ताङको कृषि, पशुपालन र पर्यटन क्षेत्रमा ठुलो क्षति पुगेको छ। मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनका अनुसार करिब ८० करोड रुपियाँभन्दा बढी मूल्यको स्याउ बगैँचामै थन्किएको छ भने भेडाच्याङ्ग्रा समेत जिल्लामै रोकिएका छन्।

2