Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने परराष्ट्रमन्त्री खनालको जोड

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने परराष्ट्रमन्त्री खनालको जोड
A A+ A-

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिक सम्बन्धलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताएका छन्। उनले विदेश नीतिलाई केवल राजनीतिक सम्बन्ध विस्तारमा सीमित नराखी व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनाजस्ता आर्थिक प्राथमिकता हासिल गर्ने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आईडा) द्वारा आयोजित चौथो आईडा लेक्चर सिरिजमा बोल्दै मन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अंग बनाउनुपर्ने धारणा राखे। बदलिँदो विश्व अर्थव्यवस्था, क्षेत्रीय प्रतिस्पर्धा र भू-राजनीतिक परिस्थितिका बीच नेपालले आफ्नो कूटनीतिक सम्बन्धलाई आर्थिक अवसरमा रूपान्तरण गर्न सक्नुपर्ने उनको भनाइ छ।

मन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूलाई व्यापार, लगानी र आर्थिक सहकार्यका सक्रिय प्रवद्र्धकका रूपमा परिचालन गर्नुपर्ने बताए। उनका अनुसार आर्थिक कूटनीति सरकारको एक निकायको मात्र जिम्मेवारी नभई राज्यका सबै संयन्त्र, निजी क्षेत्र, उद्यमी र प्रवासी नेपाली समुदायको साझा प्रयास हुनुपर्छ।

आर्थिक कूटनीतिलाई परिणाममुखी बनाउन स्पष्ट राष्ट्रिय प्राथमिकता, संस्थागत समन्वय र समन्वित कार्ययोजना आवश्यक रहेको उनले उल्लेख गरे। उनले भने, ‘विदेश नीति निर्माण र कार्यान्वयनमा आर्थिक पक्षलाई प्राथमिकताका साथ समेट्दै कूटनीतिक उपलब्धिलाई ठोस आर्थिक परिणामसँग जोड्नुपर्छ।’

नेपालको निर्यात क्षमता विस्तार र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच बढाउनका लागि कूटनीतिक नियोगहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। यसका लागि सरकारी प्रयाससँगै निजी क्षेत्रको सहभागिता र व्यावसायिक कूटनीतिको अभ्यासलाई थप सुदृढ बनाउनुपर्ने मन्त्री खनालले बताए।

2