Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर

पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर
A A+ A-

इस्लामावाद। पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ ।

पाकिस्तानको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक व्यापार तथ्याङ्कअनुसार अगस्टको तुलनामा पनि सेप्टेम्बरमा निर्यात १६.१ प्रतिशतले बढेको हो ।

अगस्टमा पाकिस्तानको निर्यात दुई अर्ब ५३ करोड डलर थियो । यसैगरी, सेप्टेम्बरमा पाकिस्तानको आयात ११.१ प्रतिशतले बढेर छ अर्ब ४९ करोड डलर पुगेको छ । गत वर्षको सोही महिनामा आयात पाँच अर्ब ८५ करोड डलर थियो ।

मासिक आधारमा पनि आयात अगस्टको पाँच अर्ब ८२ करोड डलरबाट ११.५ प्रतिशतले बढेको छ । निर्यातभन्दा आयात उच्च रहेपछि सेप्टेम्बरमा पाकिस्तानको व्यापार घाटा तीन अर्ब ५६ करोड डलर पुगेको छ । यो गत वर्षको सोही महिनाको तीन अर्ब ३५ करोड डलरको तुलनामा ६.२ प्रतिशत बढी हो ।

तीन महिनामा व्यापार घाटा १० अर्ब ७९ करोड डलर

आर्थिक वर्ष २०२६/२७ को पहिलो तीन महिनामा पाकिस्तानको कुल निर्यात १०.८ प्रतिशतले बढेर आठ अर्ब ४२ करोड डलर पुगेको छ । सो अवधिमा आयात भने १३.२ प्रतिशतले बढेर १९ अर्ब २२ करोड डलर पुगेको छ । परिणामस्वरूप पहिलो तीन महिनाको व्यापार घाटा १५.१ प्रतिशतले बढेर १० अर्ब ७९ करोड डलर पुगेको तथ्याङ्कले देखाएको छ ।

पाकिस्तानको तथ्याङ्क विभागका अनुसार सार्वजनिक गरिएको तथ्याङ्क प्रारम्भिक हो। थप भन्सारसम्बन्धी तथ्याङ्क समावेश भएपछि यी आँकडामा संशोधन हुन सक्ने बताइएको छ ।

2