Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

मनकामना केवलकारद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड सहयोग

मनकामना केवलकारद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड सहयोग
A A+ A-

काठमाडौं। मनकामना केवलकारले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड रुपियाँ सहयोग हस्तान्तरण गरेको छ।

कम्पनीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

भदौ १० गते आएको भीषण बाढी र पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।

यस विपद्प्रति दुःख व्यक्त गर्दै मनकामना केवलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

सञ्चालक श्रेष्ठले विपद्को कठिन समयमा राज्य र नागरिक दुवैको साझा जिम्मेवारी रहने उल्लेख गर्दै प्रभावित नागरिकलाई सामान्य जीवनमा फर्किन मद्दत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको बताए।

साथै, उनले देशवासी, उद्योगी, व्यवसायी तथा सामाजिक सङ्घसंस्थालाई विपद्को घडीमा उद्धार, राहत र पुनर्निर्माणका कार्यमा सक्दो सहयोग गर्न अपिल गरे।

2