काठमाडौं। नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का छाप्ने प्रक्रिया अगाडि बढाएको छ।
केन्द्रीय बैंकले सिक्काको डिजाइन, टकमरी र आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार इच्छुक अन्तर्राष्ट्रिय कम्पनीहरूलाई सिक्का छाप्नका लागि प्रस्ताव पेस गर्न आग्रह गरिएको छ।
उक्त बोलपत्रमा सहभागी हुन चाहने कम्पनीहरूले आगामी नोभेम्बर २ तारिखसम्म प्रस्ताव पेस गर्नुपर्नेछ।
बैंकले जारी गरेको सूचना अनुसार बोलपत्र प्रस्तावहरू थापाथलीस्थित राष्ट्र बैंकको बैंकिङ विभागमा बुझाउनुपर्नेछ।
