काठमाडौं। महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले हरेक सोमबार दराज नेपालमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन्।
बैंकका अनुसार डेबिट कार्ड प्रयोगकर्ताले न्यूनतम १ हजार ९ सय ९९ रुपैयाँको खरिदमा १० प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्म छुट पाउनेछन्। त्यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताले सोही रकमको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यो योजना हरेक सोमबार मात्र लागू हुनेछ। बैंकले सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध गराइने जनाएको छ। आधुनिक बैंकिङ सेवाको विस्तार र डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न यो योजना ल्याइएको बैंकले स्पष्ट पारेको छ।
