Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

१३औँ कृति अवार्ड्स अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न

१३औँ कृति अवार्ड्स अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न
A A+ A-

काठमाडौं। नेपाल विज्ञापन संघ (आन) ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को तयारी स्वरूप ‘कृति कनेक्ट’ कार्यक्रम आयोजना गरेको छ। विगतमा एजेन्सीहरूका लागि मात्र सीमित रहेको ब्रीफिङ सेसनलाई यस वर्ष गैर-सदस्य एजेन्सीहरूलाई समेत सहभागी गराएर थप विस्तार गरिएको हो।

कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार र व्यावसायिक सम्बन्ध सुदृढ पार्ने विभिन्न गतिविधिहरू सञ्चालन गरिएका थिए। सो अवसरमा नेपाली विज्ञापन उद्योगका प्रतिष्ठित व्यक्तित्वहरूले अवार्ड्सका विविध पक्षमाथि प्रकाश पारेका थिए। आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकारले अवार्ड्सको उद्देश्य र उपादेयताका बारेमा जानकारी गराएका थिए। त्यस्तै, आनका प्रथम उपाध्यक्ष उज्वल शाक्यले १३औँ संस्करणको अवार्ड्सका विभिन्न आयामबारे चर्चा गरेका थिए।

कार्यक्रममा मेकवेज प्रा.लि. का प्रमुख तथा धेरै पटक कृति अवार्ड्स विजेता विधान राजभण्डारीले सहभागीहरूलाई अवार्ड्सका लागि गर्नुपर्ने तयारी र प्रस्तुतीकरणका विषयमा आफ्नो अनुभव साटेका थिए। यसबाहेक, नेपाली विज्ञापन उद्योगका समसामयिक विषय र सिर्जनात्मक बजारीकरणका आयामहरूमा केन्द्रित रहेर एक छलफल सत्र पनि सञ्चालन गरिएको थियो।

कार्यक्रमको समापन गर्दै आनका अध्यक्ष सुदीप थापाले यस्ता कार्यक्रमले नेपालको विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई एकताबद्ध बनाउन, पारदर्शिता कायम गर्न र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

2