Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक

त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक
A A+ A-

काठमाडौं। नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल परिसर तथा उडान मार्ग आसपास चंगा, बेलुन नउडाउन तथा ड्रोन सञ्चालन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

दशैं पर्व सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा उडाउने गतिविधि उल्लेख्य रूपमा बढेको पाइएको भन्दै विमानस्थल कार्यालयले सर्वसाधारणलाई सचेत गराएको हो।

विमानस्थलको जहाज अवतरण तथा उडानका क्रममा प्रयोग हुने ‘एप्रोच’ र ‘टेकअफ’ मार्गमा चंगा, धागो, डोरी, बेलुन वा ड्रोन सञ्चालन गर्दा गम्भीर सुरक्षा जोखिम निम्तिन सक्ने कार्यालयले जनाएको छ। यस्ता गतिविधिले जहाजको उडान तथा अवतरणमा अवरोध सिर्जना गर्नुका साथै हवाई सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले प्रचलित नागरिक उड्डयन कानुनअनुसार निषेध गरिएको छ।

सम्भावित जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि त्क्ष्ब् व्यवस्थापनले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित संघसंस्थासँग समन्वय गरिरहेको जनाएको छ।

यसअन्तर्गत आधिकारिक तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सूचना प्रवाह गर्नुका साथै विमानस्थल आसपासका बस्तीमा माइकिङ कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।

हवाई सुरक्षा सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विमानस्थल कार्यालयले अभिभावक, बालबालिका तथा स्थानीय बासिन्दालाई जिम्मेवार व्यवहार अपनाउन र सुरक्षित हवाई सञ्चालन तथा यात्रु सुरक्षाका लागि सहयोग गर्न अपिल गरेको छ।

2