काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा तोकिएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकले अन्य मुद्राहरूको दर पनि सार्वजनिक गरेको छ। जसमा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३८ पैसा छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १३ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
केन्द्रीय बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुनसक्ने बैंकले स्पष्ट पारेको छ। अद्यावधिक विनिमय दरसम्बन्धी विस्तृत विवरण नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।
