Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन
A A+ A-

काठमाडौं। मुस्ताङमा सञ्चालित निजी वायुसेवा कम्पनीहरूले नेपाली यात्रुलाई टिकट नदिई विदेशी पर्यटकलाई मात्र प्राथमिकता दिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको छ। अविरल वर्षाका कारण सडक सञ्जाल अवरुद्ध भएपछि हवाई सेवा नै आवतजावतको मुख्य विकल्प बनेको छ। यस्तो अवस्थामा एयरलाइन्सहरूले बढी भाडा तिर्ने विदेशी यात्रुलाई मात्र प्राथमिकता दिएपछि स्थानीय बासिन्दा र बिरामीहरू मर्कामा परेका छन्।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार एयरलाइन्सहरूको नाफामुखी प्रवृत्तिका कारण बिरामी र अशक्त नागरिकहरूले समेत टिकट पाउन सकेका छैनन्। प्रशासनले हस्तक्षेप गर्दै अब जोमसोमबाट हुने प्रत्येक उडानमा कम्तीमा दुई जना नेपाली नागरिकलाई अनिवार्य रूपमा लैजानुपर्ने नियम बनाएको छ। प्रशासनले वास्तविक बिरामी र असहायहरूलाई सिफारिस गरेर मात्र पठाउने गरेको छ।

जोमसोम विमानस्थलबाट तारा एयर र समिट एयरले दैनिक औसत १० वटा उडान भर्दै आएका छन्। एयरलाइन्सहरूले प्रशासनको निर्देशन पालना नगरेपछि पर्यटन मन्त्रालयमा समेत उजुरी गरिएको थियो। मन्त्रालयको चासोपछि मात्रै एयरलाइन्सहरू नेपाली यात्रु बोक्न सहमत भएका हुन्।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले विपद्को समयमा एयरलाइन्सहरूले देखाएको व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन्। उनले एयरलाइन्सहरूको मनपरी नरोकिए विमानस्थल बन्द गर्ने चेतावनी दिएका छन्। स्थानीय प्रशासनका अनुसार विदेशी पर्यटकसँग १२ हजार रुपैयाँसम्म भाडा असुल्ने कम्पनीहरूले नेपालीसँग करिब ५ हजार रुपैयाँ भाडा लिने गरेका छन्। चर्को भाडादर र विदेशीप्रतिको मोहका कारण नेपाली यात्रुहरू लामो समय विमानस्थलमा कुर्न बाध्य छन्।

2