काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा पार्सलेको थोक मूल्य सबैभन्दा बढी प्रतिकेजी २ हजार ८ सय रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, सिताके च्याउ प्रतिकेजी १ हजार रुपैयाँ, कुरीलो ८ सय, पुदीना ७ सय, ड्रागन फ्रुट ६ सय र सुकेको खुर्सानी ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। डल्ले च्याउ, सेलरी र सुकेको माछाको मूल्य ५ सयदेखि १ हजार रुपैयाँसम्म तोकिएको छ। च्याउ राजा ३ सय ३०, च्याउ कन्य २ सय ८०, हरियो प्याज, हरियो धनिया, ब्रोकाउली र कागतीको मूल्य प्रतिकेजी ३ सय रुपैयाँसम्म पुगेको छ।
तरकारीतर्फ रायो, पालुंगो र चमसुरको साग प्रतिकेजी २ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ। बोडी १ सय ५०, तितो करेला १ सय ४०, गाजर, काउली र भटमासकोशाको मूल्य १ सय ३० रुपैयाँ तोकिएको छ। फलफूलमा फुजी स्याउ, जुम्लाको स्याउ र अनारको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ छ। किवी ४ सय, आभोकाडो ३ सय, अम्बा, मौसम र जुनारको थोक मूल्य २ सय रुपैयाँ कायम गरिएको छ।
बजारमा आलु रातो लाम्चो ६० रुपैयाँ, रातो गोलो आलु ५५ रुपैयाँ र सुकेको प्याज ९० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाली ठूलो गोलभेडा ७०, भारतीय ठूलो गोलभेडा ८०, बन्दा ५५ र रातो मूला ४० रुपैयाँसम्ममा बिक्री भइरहेको समितिले जनाएको छ।
