Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

दुई रुपैयाँ दरका ३० करोड सिक्का छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

दुई रुपैयाँ दरका ३० करोड सिक्का छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, छपाइ, आपूर्ति र ढुवानीका लागि योग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट प्रस्ताव माग गरेको हो।

यो प्रक्रिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रअन्तर्गत सञ्चालन हुनेछ। सहभागी कम्पनीहरूले प्राविधिक र मूल्यसम्बन्धी प्रस्तावहरू छुट्टाछुट्टै खाममा बुझाउनुपर्नेछ। इच्छुक कम्पनीहरूले आगामी ३ नोभेम्बर २०२६ सम्म मुद्रा व्यवस्थापन विभागबाट बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। यसका लागि २० हजार नेपाली रुपैयाँ वा १३१ अमेरिकी डलर वा ११५ युरो शुल्क तोकिएको छ।

राष्ट्र बैंकले १६ अक्टोबर २०२६ मा थापाथलीस्थित विभागमा पूर्वबोलपत्र बैठक आयोजना गर्ने जनाएको छ। बोलपत्र बुझाउने अन्तिम म्याद ४ नोभेम्बर २०२६ को दिउँसो १२ बजेसम्म रहेको छ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ। यदि उक्त दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिवसलाई अन्तिम म्याद मानिनेछ।

सहभागी हुन चाहने कम्पनीले १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी राख्नुपर्नेछ। यो जमानत बोलपत्र खोलिएको मितिदेखि १२० दिनसम्म मान्य हुनुपर्नेछ र बोलपत्रको समग्र म्याद ३ अप्रिल २०२७ सम्म कायम रहनेछ। राष्ट्र बैंकले कालोसूचीमा परेका कम्पनी वा त्यस्ता कम्पनीसँग सम्बन्धित व्यक्तिलाई यस प्रक्रियामा सहभागी हुन नदिने स्पष्ट पारेको छ।

2