Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

आज देशका यी भूभागमा वर्षाको सम्भावना

आज देशका यी भूभागमा वर्षाको सम्भावना
A A+ A-

काठमाडौं। नेपालमा मनसुनी वायु र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भूभागमा बदली र वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

यसको प्रभावले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र कोशीका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

आज राति पनि हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा सामान्य बदली र बाँकी तराईमा आंशिक बदली रहनेछ।

हिमाली भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ भने पहाडी भेगका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको आकलन गरिएको छ।

लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

2