काठमाडौँ। नेपाली सिनेमा ‘युग’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । करिब ३५ दिनमा सिनेमाको छायांकन पूरा गरिएको निर्माण टिमले जनाएको छ ।
सिनेमा पोखरा र मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिएको थियो । कोमलनाथ खतिवडाको निर्देशन रहेको सिनेमाको कथा, पटकथा तथा संवाद पनि निर्देशक खतिवडाकै छ ।
सिनेमामा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा, गणेश सुजी, हिमानी सुब्बा, अभिषेक खड्का लगायतका कलाकारको अभिनय रहेको छ । यही सिनेमामार्फत हिमानी सुब्बा र अभिषेक खड्काले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।
हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको सिनेमाका निर्माता सुरेश तुमाहाम्फे र टेमनबहादुर आले हुन् । सिनेमाको पोस्ट प्रोडक्सनको कामसँगै निर्माण पक्षले चाँडै नै पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्ने बताएको छ ।
