Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

दसैँमा एटिएमबाटै १०० को नयाँ नोट पाइने

दसैँमा एटिएमबाटै १०० को नयाँ नोट पाइने
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकले यसपालिको दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’ बाटै १०० रुपैंयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैंयाँका नोट पनि वितरण गर्न थालेका छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पु¥याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए।

“एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो। यसलाई सूचना नै निकालेर गरिरहनु पर्छ भन्ने छैन”, उनले भने, “चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दशैं मनाउन भनी सूचना जारी गर्न पनि उपयुक्त देखिँदैन। हामीले यो ढङ्गले गर्न लागेका हौं।”

प्रवक्ता पौडेलले यही असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको जानकारी दिए।

प्रवक्ता पौडेलले पनि विगत ४र५ वर्षदेखि राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको बताए। उनले भने, “गत भदौ ३१ गतेसम्म सात खर्ब ९४ अर्ब करेन्सी इन सर्कुलेसन भएको छ। सो रकमको करिव ८ देखि १० प्रतिशतसम्मको रकम दशैं वृद्धि हुने अनुमान गरेका छौं।”

2