Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

वर्षाले धान बालीमा क्षति

वर्षाले धान बालीमा क्षति
फाइल फोटो
A A+ A-

बाँके । बुधबार परेको वर्षाका कारण बाँकेमा धान बालीमा ठूलो क्षति पुगेको छ । धेरै ठाउँमा धान बाली ढलेर किसानलाई समस्या भएको छ ।

हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठूलो क्षति पुर्‍याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताए । उनका अनुसार किसानले १५० बिगाहमा रोपेको बीउ धानमा वर्षाले क्षति पुर्‍याएको छ । स्यहार्ने बेला वर्षाले क्षति पुर्‍याएपछि आगामी वर्षको लागि धानको बीउ अभाव हुने भएको छ ।

बीउ धान खेतीका लागि सहकारीले किसानलाई बीउ वितरण गर्दै आएको छ । किसानले बीउ धान उत्पादन गरेर सहकारीलाई बिक्री गर्ने गरेको व्यवस्थापक वलीले बताए । यो वर्ष पानी राम्रो परेका कारण धान राम्रो फले पनि स्यहार्ने बेला वर्षाले क्षति पुर्‍याएको उनको गुनासो छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले पाकेर थन्क्याउने बेलाको वर्षाले धान बालीमा ठूलो क्षति पुर्‍याएको बताइन् । बाँकेका विभिन्न स्थानमा धान बालीमा वर्षाले क्षति पुगेको जानकारी आए पनि क्षतिको यकिन विवरण संकलन भई नसकेको उनले जानकारी दिइन् ।

बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र का सूचना अधिकारी शर्माले बताइन्।

2