काठमाडौं: नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीस्थित फलाखु खोलामा निर्माण भइरहेको ७४ मिटर लामो बेलीब्रिजको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाले शुक्रबार पुलको आधारलाई रसुवातर्फको एबटमेन्टमा जोडेको छ।
अब पुलको डेक बिछ्याउने काम मात्र बाँकी रहेको छ। यो कार्य सम्पन्न गर्न बढीमा तीन दिन लाग्ने अनुमान गरिएको छ। नेपाली सेनाले आगामी असोज २६ गते पर्ने घटस्थापनाअघि नै पुल सञ्चालनमा ल्याउने योजना बनाएको छ।
भोटेकोशीमा आएको बाढीले फलाखु खोलाको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क विच्छेद भएको थियो। यसबाट स्थानीय बासिन्दा, व्यापारी र दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीसाधन प्रभावित भएका थिए। पुल निर्माण कार्य सम्पन्न भएपछि दुवै जिल्लाका नागरिकको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
