काठमाडौं। रातभरिको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
सडक विभागका अनुसार राजमार्गको निर्माणाधीन खण्डअन्तर्गत मङ्गलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ नार्के र पिनथलीको बीचमा लेदो खसेपछि सडक अवरुद्ध भएको थियो।
वर्षाका कारण सडकमा थुप्रिएको लेदो पन्छाउने काम सकिएसँगै रोकिएका सवारी साधनहरू सञ्चालनमा आएका छन्। सडक खुला भएसँगै रोकिएका यात्रु तथा सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेको विभागले जनाएको छ।
