Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

एआईको बढ्दो प्रयोगले बढाउँदै छ मानव सिर्जनाको मूल्य

एआईको बढ्दो प्रयोगले बढाउँदै छ मानव सिर्जनाको मूल्य
A A+ A-

काठमाडौं। एआई (कृत्रिम बौद्धिकता) को प्रयोग गरी गीत, संगीत, चित्र, पुस्तक र भिडियो बनाउने क्रम तीव्र रूपमा बढिरहेको छ। प्रविधिले मानिसले जस्तै सिर्जना गर्न थालेपछि कलाको मूल्य त्यसले दिने मनोरञ्जनमा मात्र निर्भर हुन्छ कि मानिसले सिर्जना गरेको हो भन्ने कुराले पनि फरक पार्छ भन्ने बहस सुरु भएको छ।

बिबिसिका प्रस्तोता रोस एट्किन्सका अनुसार एआई सामग्रीको विस्तारसँगै मानव सिर्जनाप्रति विशेष आकर्षण बढेको छ, जसलाई ‘ह्युमन प्रिमियम’ भनिएको छ। किङ्स कलेज लन्डनका प्राध्यापक ड्यानियल सस्किन्डका अनुसार मानिसले कलामा अन्तिम परिणाम मात्र नभई त्यसलाई सिर्जना गर्न प्रयोग भएको मानवीय क्षमतालाई पनि महत्त्व दिन्छन्।

उनले भ्याटिकनको सिस्टिन च्यापलको उदाहरण दिँदै मानिसले आफ्नै जस्तो शरीर र मस्तिष्क भएको अर्को व्यक्तिले सिर्जना गरेको असाधारण कलाकृतिलाई बढी मूल्यवान् मान्ने तर्क गरेका छन्। सन् १९९७ मा कम्प्युटर ‘डीप ब्लु’ ले चेस च्याम्पियन ग्यारी कास्पारोभलाई हराउँदा चेसको लोकप्रियता नघट्नुले पनि मानवीय सीप र सोचको महत्त्वलाई पुष्टि गर्छ।

यता, ‘द न्यु योर्कर’ का पत्रकार काइल चायकाका अनुसार एआईले सिर्जना गरेका सामग्रीलाई धेरैले मौलिकताविहीन ठान्न थालेका छन्। यसको प्रतिक्रियास्वरूप पाठक र दर्शकहरू व्यक्तिगत अनुभव र भावना झल्किने मौलिक कामतर्फ आकर्षित भइरहेका छन्। केही पुस्तक र संगीतका आवरणमा ‘एआई-फ्री’ सङ्केत राख्ने प्रयासले पनि मानव सिर्जनाको पहिचानलाई महत्त्व दिन थालेको देखाउँछ।

यद्यपि, एट्किन्सले प्रविधि र एल्गोरिदममा बढ्दो निर्भरताले मानिसको सांस्कृतिक रुचिको गहन खोजीलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका छन्। स्पोटिफाई वा एप्पल म्युजिक जस्ता प्लेटफर्मका एल्गोरिदमले प्रयोगकर्तालाई सजिलै उपभोग गर्न सकिने सामग्री मात्र सिफारिस गर्दा सिर्जनात्मकता एउटै चक्रमा सीमित हुने जोखिम छ।

अन्त्यमा, प्रविधिले सिर्जनात्मक क्षेत्रमा परिवर्तन ल्याए पनि लाइभ मनोरञ्जन कार्यक्रमहरूमा मानिसको प्रत्यक्ष सहभागिता र सामूहिक अनुभवको आकर्षण अझै कायमै छ। सुपरस्टक्चर इन्टरटेनमेन्टकी प्रमुख कार्यकारी एलेक्स माहोनका अनुसार लाइभ कार्यक्रममा कलाकार र दर्शकबिचको सम्बन्ध तथा अचानक सिर्जना हुने क्षणहरूले त्यसलाई विशिष्ट बनाउँछन्। प्रविधिले काम छिटो र सस्तो बनाउन सक्ने भए पनि सिर्जनाको मानवीय पक्ष र अनुभवको मूल्य भविष्यमा अझ महत्त्वपूर्ण रहने देखिन्छ।

2