Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बाढीको नकारात्मक प्रचारले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा

बाढीको नकारात्मक प्रचारले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा
A A+ A-

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि नेपालको पर्यटन क्षेत्रले केही समय सुस्तता बेहोरेको छ। बाढीका कारण नेपाल असुरक्षित रहेको भन्ने गलत सन्देश सामाजिक सञ्जालमा फैलिँदा पर्यटन आगमनमा असर परेको व्यवसायीहरू बताउँछन्। यद्यपि पछिल्ला केही सातायता पर्यटकको संख्यामा सुधार देखिन थालेको छ।

पर्यटन व्यवसायी दीपक थापाका अनुसार बाढीपछि अन्तर्राष्ट्रिय पर्यटक आगमनमा करिब ३० प्रतिशतले गिरावट आएको छ। सडक यातायातमा अवरोध र हवाई भाडा वृद्धिले पनि पर्यटकलाई थप आर्थिक भार पारेको छ। अर्का व्यवसायी नारायण पौडेलले गत वर्षको तुलनामा यस वर्ष आन्तरिक र बाह्य पर्यटक आगमन करिब ४० प्रतिशतले घटेको उल्लेख गर्नुभयो। उहाँले डिजिटल माध्यममा देखिएका नकारात्मक समाचारले नेपालको छविमा असर पारेको बताउनुभयो।

यसैबीच नेपाल पर्यटन बोर्डले भने तथ्याङ्कमा सुधार देखाएको छ। बोर्डका वरिष्ठ निर्देशक एवम् सूचना अधिकारी सन्तोष पन्तका अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ जना बाह्य पर्यटक नेपाल भित्रिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा १० हजारभन्दा बढी हो। सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए।

पर्यटन व्यवसायीहरूले नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न सरकारले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका छन्। आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार नेपालमा पर्यटकको औसत बसाइ १६.३४ दिन रहेको छ भने प्रतिदिन प्रतिपर्यटक ३३.०८ अमेरिकी डलर खर्च हुने गरेको छ। सन् २०२५ मा कुल ११ लाख ६२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए।

2