Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बुढीगण्डकीमा बाढी आउँदा मनाश्लु हिँडेका पर्यटक अलपत्र

बुढीगण्डकीमा बाढी आउँदा मनाश्लु हिँडेका पर्यटक अलपत्र
A A+ A-

काठमाडौं। बुढीगण्डकी नदीमा आएको बाढीका कारण पदमार्गमा क्षति पुग्दा मनाश्लु संरक्षण क्षेत्रतर्फ हिँडेका पर्यटक बीच बाटोमै रोकिएका छन्। बाढीले मुख्य पदमार्ग र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि पर्यटकहरूको आवातजावत रोकिएको हो।

मनाश्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार पर्यटकहरू सुरक्षित स्थानमा रहेका छन् र उनीहरूको उद्धारका लागि पहल भइरहेको छ। संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका-३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएका छन्। ओझाले भने, शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गर्नुभएको थियो, रातिसम्म जगत आइपुगेका अन्य पर्यटक त्यहीँ सुरक्षित रूपमा रहनुभएको छ। हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ।

बाढीका कारण चुमनुब्री-६ लोक्पामा १७ जना र चुम उपत्यकाको छेकम्पारमा ४० जना पर्यटक उद्धारको पर्खाइमा रहेका छन्। विदेशी पर्यटकका साथै भरिया र पथप्रदर्शकहरू पनि सोही क्षेत्रमा रोकिएका छन्। उनीहरूलाई सुरक्षित गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।

अध्यक्ष आचार्यले भने, मनाश्लु संरक्षण क्षेत्रमा कति पर्यटक छन् भनेर तथ्याङ्क लिने र उनीहरूको उद्धार तथा सुरक्षित आवागमनको सुनिश्चितताका लागि पहल भइरहेको छ। मुख्य पर्यटकीय याममा भइरहेका प्राकृतिक विपद्का घटनाले पर्यटन क्षेत्रमा असर पुगेको छ।

2