Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सरकारले सार्वजनिक गर्यो नागरिक बजेट

सरकारले सार्वजनिक गर्यो नागरिक बजेट
A A+ A-

काठमाडौं: अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमलाई आमनागरिकले सहजै बुझ्ने गरी ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ। असोज २४ गते मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको यस पुस्तिकामा सरकारको आयव्यय विवरणलाई सरल भाषामा प्रस्तुत गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यको खर्च र विनियोजन प्रक्रियालाई पारदर्शी तथा जवाफदेही बनाउने उद्देश्यले यो पुस्तिका तयार पारिएको बताउनुभएको छ। ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ नारा दिइएको यो दस्ताबेज संसद्बाट पारित नयाँ बजेट नभई चालु बजेटको सरलीकृत संस्करण मात्र हो।

नागरिक बजेटमा नेपालको बजेट निर्माण चक्र, बजेटका मुख्य लक्ष्य र विशेषताहरू समेटिएका छन्। यसमा सुशासन कायम गर्ने विषयलाई प्रमुख लक्ष्यका रूपमा राखिएको छ भने नीतिगत तथा कानुनी सुधारसहितका नौ वटा विशेषता उल्लेख छन्। पुस्तिकामा व्यक्तिगत आयकरको छुट सीमामा गरिएको वृद्धि, कच्चा पदार्थमा घटाइएको भन्सार दर र ६० प्रकारका वस्तुमा हटाइएको अन्तःशुल्कजस्ता विषयलाई प्राथमिकता दिइएको छ।

वित्तीय सङ्घीयताको कार्यान्वयन, राजस्व बाँडफाँड र अनुदान वितरण प्रक्रियालाई समेत यसमा स्पष्ट पारिएको छ। साथै, बजेटको खर्चलाई मन्त्रालयगत र निकायगत रूपमा वर्गीकरण गरी सडक पूर्वाधार, खानेपानी, ऊर्जा, कृषि, शिक्षा र खेलकुदजस्ता क्षेत्रमा हुने विनियोजनबारे जानकारी दिइएको छ।

पुस्तिकामा विभिन्न लक्षित समूहहरू जस्तै किसान, विद्यार्थी, महिला, ज्येष्ठ नागरिक र उद्यमीहरूले बजेटबाट के कस्ता सुविधा पाउँछन् भन्ने विषय तालिका र बुँदागत रूपमा राखिएको छ। यसका अतिरिक्त बजेटमा प्रयोग भएका प्राविधिक शब्दहरूको अर्थ र आगामी बजेटमा योजना समावेश गराउने प्रक्रियाबारे पनि जानकारी उपलब्ध गराइएको छ।

2