Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

धरानमा मकै पोलेरै जीविकोपार्जन गर्दै शान्ति श्रेष्ठ

धरानमा मकै पोलेरै जीविकोपार्जन गर्दै शान्ति श्रेष्ठ
A A+ A-

काठमाडौं: धरान उपमहानगरपालिका-१६ की ५९ वर्षीया शान्ति श्रेष्ठले विगत तीन दशकदेखि मकै पोलेर बिक्री गर्ने पेसाबाट आफ्नो घरव्यवहार चलाउँदै आएकी छन्। श्रीमानको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हालेकी उनले मकै पोल्ने कामलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकी छन्।

श्रेष्ठको दैनिकी बिहानै मोरङको भावन्ने पुगेर हरियो मकै खरिद गर्ने कार्यबाट सुरु हुन्छ। मकै लिएर धरान फर्किएपछि उनी उपमहानगरपालिका-१३ स्थित लक्ष्मीचोक नजिकै सडकछेउमा मकै पोल्न बस्छिन्। उनले दैनिक करिब १६० देखि १८० घोगासम्म मकै बिक्री गर्ने गरेकी छन्। उनी मकैको आकारअनुसार प्रति घोगा १५ देखि ५० रुपैयाँसम्ममा बिक्री गर्छिन्। कोइलाको खर्च कटाएर उनले मासिक ७० हजारदेखि ८० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन्।

उनले मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर पनि काम गर्दै आएकी छन्। यस्तो ठेक्काका लागि ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म लगानी लाग्ने उनले जानकारी दिइन्। व्यापारमा कहिले नाफा त कहिले घाटा हुने भए पनि मेहनत गर्न छोड्न नहुने उनको भनाइ छ।

खुला आकाशमुनि घामपानी सहेरै काम गर्दै आएकी श्रेष्ठले भनिन्, “अरू काम गरौँ भने सकिँदैन, अर्कोतिर काम पनि पाइँदैन। मकै पोल्ने काम पनि सजिलो त छैन। कहिले पानी पर्छ, कहिले टन्टलापुर घाम लाग्छ। गाह्रो हुन्छ तर अब त घामपानी सहन बानी परिसक्यो।”

घरमा कमाउने अरू कोही नभएको र छोरीहरू विवाह गरेर गइसकेकाले आफू नै परिवारको एक्लो सहारा भएको उनले बताइन्। शरीरले साथ दिएसम्म कामलाई निरन्तरता दिने दृढता व्यक्त गर्दै उनले भनिन्, “काम ग¥यो भने खानका लागि अभाव हुँदैन। काम गर्ने बानी परिसक्यो। एक दिन काममा निस्किनँ भने छटपटी हुन्छ। बुढेसकाल लाग्यो भन्दैमा घरैमा बसेर हुँदैन। हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ।”

2