Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

ताप्लेजुङमा अलैँचीको मूल्य घटेर ८४ हजारमा झर्यो

ताप्लेजुङमा अलैँचीको मूल्य घटेर ८४ हजारमा झर्यो
A A+ A-

काठमाडौं: ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार ८४ हजार रुपैयाँ प्रतिमनमा भइरहेको छ । ४० किलोग्रामको एक मन अलैँचीको मूल्य अहिले ८४ हजार रुपैयाँ कायम भएको हो । सिजनको सुरुमा ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य एक साताअघि ८८ हजार रुपैयाँ थियो ।

बजारमा नयाँ उत्पादन आउने क्रम बढेसँगै मूल्यमा गिरावट आएको व्यवसायीले बताएका छन् । अलैँची व्यवसायी बालमणि बरालका अनुसार हाल ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा भित्रिरहेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनले जानकारी दिए ।

बरालले भने, ‘ओसिलो क्षेत्रको अलैँचीले सुरुवाती समयमा राम्रो मूल्य पायो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजारमा कारोबार भइरहेको छ ।’ ताप्लेजुङको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै मूल्यमा थप उतारचढाव आउन सक्ने व्यवसायीहरूको अनुमान छ ।

2