काठमाडौँ। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४.०० अङ्कले बढेर २५९५.८१ विन्दुमा पुगेको छ।
सोमबार कुल २७७ कम्पनीको सेयर कारोबार भएको छ। यसमध्ये १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ। बजार बन्द हुँदा कुल ४ अर्ब ४६ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर किनबेच भएको छ।
आजको कारोबारमा धौलागिरि लघुवित्तको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ भने स्कोनो रिभरको मूल्य १३.९२ प्रतिशतले बढेको छ। अन्य कम्पनीहरूको मूल्यमा भएको उतारचढाव एकल अङ्कमा सीमित रहेको छ। कारोबार रकमको आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको २५ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसैगरी, घलेम्दी हाइड्रो र साहस ऊर्जा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
समूहगत रूपमा हेर्दा आज बैंकिङ र ट्रेडिङ क्षेत्रमा एक प्रतिशतभन्दा बढीको सुधार देखिएको छ। अन्य समूहमा सोभन्दा कमको उतारचढाव रहेको छ।
