Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

नेपथ्य कन्सर्टमा टीभीएस एनटीओआरक्यू १५० को अनावरण

नेपथ्य कन्सर्टमा टीभीएस एनटीओआरक्यू १५० को अनावरण
A A+ A-

काठमाडौं। जगदम्बा मोटर्स प्रालिले कीर्तिपुरस्थित ल्याबोरेटरी स्कूल ग्राउन्डमा आयोजित ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ सांगीतिक कार्यक्रममा नयाँ TVS NTORQ 150 सार्वजनिक गरेको छ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक रहेको कम्पनीले यस स्कुटरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकेको छ।

कार्यक्रममा जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्र र वरिष्ठ मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा स्कुटरको अनावरण गरेका थिए। अनावरणका क्रममा लोमान्थाङसम्मको यात्रा समेटिएको भिडियो प्रदर्शन गरिएको थियो।

प्रमुख सञ्चालन अधिकृत मिश्रले यो स्कुटरले नेपाली बजारमा पर्फर्मेन्स स्कुटरको अनुभवलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, ‘जगदम्बा मोटर्सले नेपाली बजारमा सधैँ नवीनतम प्रविधि र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राख्दै आएको छ। TVS NTORQ 150 हाम्रो यही प्रतिबद्धताको अर्को महत्वपूर्ण उपलब्धि हो।’

वरिष्ठ मार्केटिङ म्यानेजर पुडासैनीले युवा पुस्तालाई लक्षित गर्दै यसमा राखिएका विशेषताहरूका बारेमा जानकारी दिइन्। उनले भनिन्, ‘यसको शक्तिशाली १४९.७ सीसी इन्जिन, रेस र स्ट्रिट राइडिङ मोड, ट्र्याक्सन कन्ट्रोल तथा ABS जस्ता आधुनिक सुरक्षा सुविधाहरूले राइडिङलाई थप रोमाञ्चक र आत्मविश्वासपूर्ण बनाउँछन्।’

रमाइलो इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको उक्त कन्सर्टमा TVS NTORQ 150 टाइटल स्पोन्सरका रूपमा रहेको थियो। कार्यक्रममा नेपथ्य सांगीतिक समूहले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेको थियो।

2