Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

‘आलीदेखि थालीसम्म’ नारासहित हेटौँडामा दसैँ व्यापार मेला

‘आलीदेखि थालीसम्म’ नारासहित हेटौँडामा दसैँ व्यापार मेला
A A+ A-

बागमती। हेटौँडा उपमहानगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले वडा नं ११ स्थित थाना भर्‍याङमा चार दिने व्यापार मेला आयोजना गरेको छ।

आइतबारदेखि सुरु भएको मेलामा स्थानीय कृषि उपज, घरेलु सामग्री तथा विभिन्न वस्तु बिक्रीका लागि राखिएका छन्।

‘आलीदेखि थालीसम्म’ नारासहित आयोजना गरिएको मेलाले किसान र उपभोक्तालाई एउटै ठाउँमा जोड्ने लक्ष्य राखेको छ। मेलामा किसानले उत्पादन गरेका कृषि उपजदेखि स्थानीय उद्यमीले तयार पारेका सामग्रीसम्म उपलब्ध छन्। दसैँको किनमेलका लागि बजार जाने उपभोक्ताले यहाँ एकै ठाउँबाट विभिन्न सामान खरिद गर्न सक्नेछन्।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले स्थानीय उत्पादनलाई किसानबाट सीधै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको बताए।

उनले कृषि उपज र घरेलु सामग्रीको बजारीकरणमा सहयोग पुर्‍याउनुका साथै उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउने लक्ष्य रहेको उल्लेख गरिन।

मेलामा कृषि तथा पशुजन्य उत्पादन, स्थानीय स्रोतसाधन प्रयोग गरी बनाइएका सामग्री, खाद्य परिकार, फलफूल तथा फलफूलका बिरुवा बिक्रीका लागि राखिएका छन्। मेलामा साना तथा मझौला उद्यमी, किसान, कृषि सहकारी र महिला उद्यमीका उत्पादन समेटिएका छन्। मेलामा ४० वटा व्यापारिक कक्ष राखिएका छन्।

मानव अधिकारका लागि महिला समूहमा आबद्ध मायाकुमारी तिमिल्सिनाले घरमै उत्पादन गरेका सामग्री बिक्रीका लागि मेलामा राखेकी छन्। उनले मकैको च्याख्ला, पिठो, कागती, काँक्रो, कटहर, करेला, कुखुराको मासुबाट बनाइएका अचार, धूप र साबुन बिक्रीका लागि राखेकि छिन्।

समूहमा ५० जना आबद्ध रहेको जानकारी दिँदै उनले पछिल्लो समय विभिन्न कृषि उपज उत्पादन गरी स्वरोजगार बनेको बताइन्। घरमा उत्पादन गरेका सामग्री बिक्री गर्न मेलाले महत्त्वपूर्ण अवसर दिएको उनको भनाइ छ।

हेटौँडा–५ स्थित श्रमजीवी महिला काष्ठकला उद्योगले उत्पादन गरेका काठका सामग्री पनि मेलामा राखिएका छन्। उद्योगले तयार पारेका ठेकीलगायत उपहारका सामग्री ग्राहकले रुचिपूर्वक हेर्ने र किन्ने गरेको सञ्चालिका राधिका श्रेष्ठले बताइन्।

हेटौँडा–१९ बासामाडीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यले उत्पादन गरेका गुन्द्रुक, बाटेको धूप, बेसार, मास र निबुवालगायत सामग्री बिक्री गरिरहेको छ।

हेटौँडा–३ बासामाडीस्थित बाँबो रीति संस्थाले बाँसबाट बनेका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखेको छ। संस्थाले करिब १८ प्रकारका सामग्री बिक्री गरिरहेको सञ्चालक सर्वश्री सुवेदीले जानकारी दिइन्। बाँसबाट बनेका रोटी राख्ने बास्केट, चाबी राख्ने किरिङ र डायरीलगायत सामग्री मेलाका आकर्षण बनेका छन्।

मेलामा हेटौँडा–१२ रमेश चोकस्थित सिन बहुउद्देश्यीय कृषि फार्मले ड्रागन फल र त्यसका बिरुवा बिक्री गरिरहेको छ। फार्मका सञ्चालक शङ्कर भोम्जनका अनुसार ड्रागन फल प्रतिकिलो रु ३५० देखि रु ४०० र एभोकाडो प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ। मेलाको पहिलो दिन नै एक क्विन्टल ड्रागन फल बिक्री भएको उनले बताइन्।

मेलामा खाद्य परिकारका कक्षदेखि फलफूल तथा फलफूलका बिरुवा बिक्री गर्ने कक्ष रहेका छन्। स्थानीय उत्पादनको बजारीकरण गर्दै किसानले उचित मूल्य पाउने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय सामग्री किन्न पाउने वातावरण बनाउन मेला उपयोगी हुने अपेक्षा गरिएको छ।

उपमहानगरपालिकाका प्रमुख लामाले स्थानीय उत्पादनलाई किसानमार्फत सिधै उपभोक्तासम्म पुर्‍याउनु नै मेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो। मेला असोज २८ गतेसम्म सञ्चालन हुनेछ।

2