काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ।
समितिका अनुसार बजारमा केही तरकारीको मूल्यमा गिरावट आएको छ भने काउलीलगायतका केही तरकारीको मूल्य बढेको छ।
बुधबारको मूल्य सूचीअनुसार स्थानीय काउलीको औसत थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ कायम भएको छ। त्यस्तै, रातो आलु लाम्चो ५५ रुपैयाँ, भारतीय सुकेको प्याज ८२ रुपैयाँ, स्थानीय बन्दा ५० रुपैयाँ, लाम्चो भन्टा ६५ रुपैयाँ र डल्ले भन्टा ७५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
समितिका अनुसार गोलभेँडाको औसत मूल्य ७५ रुपैयाँ कायम छ। अन्य तरकारीहरूमा तने बोडी १३५ रुपैयाँ, मकै बोडी ११० रुपैयाँ, करेला १२५ रुपैयाँ, लौका ८५ रुपैयाँ, स्थानीय परबल ९५ रुपैयाँ, घिरौँला ११० रुपैयाँ, हरियो डल्ले फर्सी ७५ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, भिन्डी ९५ रुपैयाँ, स्कुस २५ रुपैयाँ, रायो र पालुंगो साग १२५ रुपैयाँ, कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ५७५ रुपैयाँ, कुरिलो ७५० रुपैयाँ, न्यूरो ९५ रुपैयाँ र ब्रोकाउली २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
यो मूल्य कालीमाटीको थोक बजारको हो। खुद्रा बजारमा भने यी तरकारीको मूल्य सोभन्दा निकै बढी हुने गर्दछ।
