काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ७ सय रुपैयाँले घटेर दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय रूपैयाँ घटेर ४ हजार दुई सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।
