Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

दसैँ नजिकिएसँगै भोजपुरमा बढ्यो चहलपहल

दसैँ नजिकिएसँगै भोजपुरमा बढ्यो चहलपहल
A A+ A-

भोजपुर: दसैँ नजिकिएसँगै भोजपुर सदरमुकामसहित जिल्लाका विभिन्न बजारमा चहलपहल बढेको छ। दसैँका लागि आवश्यक सामग्री खरिद गर्न गाउँगाउँबाट सर्वसाधारण बजार आउन थालेपछि व्यापारिक गतिविधि चलायमान भएको हो।

चाडपर्व मनाउनका लागि लत्ताकपडा, खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्न ग्रामीण क्षेत्रका बासिन्दा सदरमुकाम आउन थालेका छन्। रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर रहेका मानिसहरू घर फर्कन थालेपछि बजार र यातायात क्षेत्रमा चहलपहल बढेको छ।

यात्रुको चाप बढेसँगै जिल्लाका सात स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। चाडपर्वका समयमा यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन तथा हुनसक्ने समस्यामा सहजीकरण गर्न सहायता कक्ष सञ्चालन गरिएको हो।

बजारमा चहलपहल बढेसँगै व्यापारीहरूलाई सामग्री बिक्री गर्न भ्याइनभ्याइ छ। दसैँलाई लक्षित गरी व्यापारीहरूले पसलमा नयाँ सामान राख्ने, पसल सजाउने तथा ग्राहक आकर्षित गर्ने तयारी गरेका छन्। खाद्यान्न, लत्ताकपडा र जुत्ताचप्पललगायतका सामग्री खरिद गर्ने ग्राहकको चाप बढ्दै गएको स्थानीय व्यापारीले बताएका छन्।

भोजपुर सदरमुकामसँगै टक्सार, दिङ्ला तथा हतुवागढीलगायतका स्थानीय बजारमा पनि चहलपहल बढेको छ। दसैँको तयारीस्वरूप घरआँगन सफा गर्ने र पिङ बनाउने क्रम बढेसँगै गाउँबस्तीमा समेत चाडपर्वको रौनक थपिएको छ।

2