Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

आक्रामक बजार विस्तारसँगै नाफाको बाटोमा डीडीसी

आक्रामक बजार विस्तारसँगै नाफाको बाटोमा डीडीसी
A A+ A-

काठमाडौं: सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बजार विस्तारमा आक्रामक रणनीति अपनाएपछि यसको कारोबारमा उल्लेख्य वृद्धि भएको छ। कुनै समय सीमित बिक्री केन्द्रमा मात्र सीमित रहेको डीडीसीले अहिले निजी क्षेत्रसँगको सहकार्यमा देशभर आउटलेट विस्तार गरिरहेको छ।

संस्थानका अर्थविज्ञ अञ्जन अधिकारीका अनुसार डीडीसीको व्यवसाय अहिले ब्रेक इभन पोइन्ट पार गरेर अघि बढेको छ। विगतमा घाटामा रहेको र किसानलाई समयमा भुक्तानी दिन नसकेको डीडीसी अहिले सुधारको दिशामा अघि बढेको उनले बताए। काठमाडौं उपत्यकामा मात्र २२ भन्दा बढी आउटलेट सञ्चालनमा आइसकेका छन् भने थप पाँचवटा खोल्ने तयारी अन्तिम चरणमा छ। उपत्यकाबाहिर हेटौँडा, बुटवल, टीकापुर, विराटनगर र जनकपुरमा नयाँ आउटलेट सञ्चालनमा छन्। पोखरा, नेपालगञ्ज, धनगढी र इटहरीमा पनि बिक्री केन्द्र थप्ने योजना रहेको अधिकारीले जानकारी दिए।

नेपाली सेनासँग ३१ जिल्लामा आपूर्ति गर्ने सम्झौता भएपछि बजार थप फराकिलो बनेको छ। सामान्य अवस्थामा दैनिक औसत एक करोड रुपैयाँको कारोबार हुने गरेकोमा चाडपर्वमा यो एक करोड २० लाखदेखि एक करोड ३० लाख रुपैयाँसम्म पुग्ने गर्छ। किसानको बक्यौता भुक्तानीमा पनि सुधार आएको र हाल प्रत्येक १५ दिनमा हिसाबकिताबका आधारमा भुक्तानी प्रक्रिया सञ्चालन भइरहेको छ।

ललितपुरको कुपण्डोलमा आउटलेट सञ्चालन गरिरहेकी चित्रा यादवले उपभोक्ताको माग र विश्वास राम्रो रहेको बताइन्। उनले दूध, दही, मही र घिउको माग उच्च रहेको र बटरको मागअनुसार आपूर्ति गर्न कठिन भइरहेको जानकारी दिइन्। ग्राहकको मागलाई ध्यानमा राख्दै आउटलेट बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिँदै आएको छ।

डीडीसीका नियमित उपभोक्ता सुजन आचार्यले संस्थानका उत्पादनमा उपभोक्ताको विश्वास बढेको बताए। उनले लामो समयदेखि आफूले डीडीसीका उत्पादन प्रयोग गर्दै आएको र अहिले शहरका विभिन्न स्थानमा पहुँच पुग्नु सकारात्मक भएको उल्लेख गरे। बजार विस्तारले निरन्तरता पाएमा उपभोक्ताले सहज रूपमा स्वदेशी दुग्धजन्य पदार्थ प्राप्त गर्नुका साथै दूध उत्पादक किसानको बजार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

2