काठमाडौं: दसैँको समयमा परिवारसँग भेटघाट गर्न घर फर्कने नेपालीहरूको चाहनालाई ध्यानमा राख्दै कोका-कोलाले ‘भरौँ खुसी’ अभियान २०२६ सञ्चालनमा ल्याएको छ। दसैँमा घर फर्कनका लागि टिकट पाउन हुने कठिन परिस्थितिलाई सहज बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो।
भदौ १८ देखि कात्तिक २९ (सेप्टेम्बर ३ देखि नोभेम्बर १५, २०२६) सम्म सञ्चालन हुने यस योजनामा सहभागीहरूले २.२५ लिटर र १.५ लिटरका कोक, स्प्राइट र फ्यान्टाका पीईटी बोतलमा रहेको क्यूआर कोड स्क्यान गरी वेबसाइटमार्फत दर्ता गर्न सक्नेछन्। यसरी सहभागी हुनेहरूमध्ये सयौँले फ्लाइट र बस टिकटका भौचर जितिसकेका छन् भने अझै धेरैका लागि अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।
कोका-कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनाले नेपालीहरूका लागि दसैँमा घर फर्कनु र परिवारसँग समय बिताउनु कति अर्थपूर्ण हुन्छ भन्ने कुरा आफूहरूले बुझेको बताए। उनले भने, “भरौँ खुसी मार्फत हामी यिनै भेटघाटहरूलाई सहज बनाउन सहयोग गर्ने भूमिका निर्वाह गरिरहेका छौँ।”
यस अभियानको प्रचारका लागि टेलिभिजन विज्ञापन पनि प्रसारण भइरहेको छ, जसमा ब्रान्ड एम्बेसडरद्वय प्रदीप खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको छ। विज्ञापनमा दसैँमा घर फर्कँदाको व्यग्र प्रतीक्षा, खुसी र आत्मीय क्षणहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। काम वा अध्ययनका कारण घरबाट टाढा रहेका व्यक्तिहरूलाई परिवारसँग जोड्ने प्रयासका रूपमा यसलाई लिइएको छ।
