Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त
A A+ A-

बाजुरा । दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ ।

विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार आउन थालेपछि चहलपहल झन् बढ्न थालेको हो ।

विशेषगरी सदरमुकाम मार्तडीसहित कोल्टी, बाम्का, पिलुचौर, बेतालमाण्डौ, धुलाचौरलगायत जिल्लाका विभिन्न बजारमा व्यापारिक गतिविधि बढेको छ । चाडपर्व सुरुभएसँगै बजारमा खाद्यान्न, लत्ताकपडालगायत दसैँका लागि आवश्यक सामग्री खरिद गर्ने ग्राहकको चाप बढेसँगै व्यापारिक गतिविधि बढेको बाम्का बजारका व्यापारी मनिराम पाध्यायले बताए।

किसान धान भित्र्याउन व्यस्त
गाउँघरमा चाडपर्वको चहलपहल बढेको बेला यहाँका किसानलाई भने खेतमा पाकेर पहेँलपुर भएको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । केही दिनअघिसम्म वर्षाका कारण समस्या झेलिरहेका किसान मौसममा सुधार आएसँगै धान काट्न र भित्र्याउन व्यस्त भएका हुन् ।

अहिले मौसम खुलेपछि किसान बिहानैदेखि खेतबारीमा पुगेर धान काट्ने, सुकाउने र सुरक्षित रूपमा घरमा भण्डारण गर्ने काममा जुटेको बडीमालिका नगरपालिका-८ का किसान सरिता थापाले बताए।

चाडपर्व सुरु भएसँगै गाउँघरमा पहलपहल बढेको छ । विभिन्न कामकाजका लागि घरबाहिर गएका धमाधम फर्किन थालेका छन् । यहाँका किसानलाई भने फेरि वर्षा हुन्छ कि भन्ने डरले समयमै पाकेको धानबाली भित्र्याउने चटारो बढेको कृषक लालबहादुर ऐडीले बताए । “अघिल्लो हप्ता वर्षा नभएको भए हालसम्म धान भित्र्याएर सकिन्थ्यो,” उनले भने, “करिब एक सातासम्म मौसम खराब हुँदा केही ढिलाइ भएको हो, अब फेरि वर्षाको डरले बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छौँ ।”

यस वर्ष धान काट्ने समयमा वर्षा भएको र दसैँ पनि सँगै परेकाले चाडपर्वभन्दा खेतबारीको कामको चटारो बढी देखिएको खप्तड छेडेदह-७ का स्थानीय गणेश बुढाले बताए। उनका अनुसार धान बाली सकेर फेरि कोदो बाली पनि पाक्न सुरु हुँदा यस वर्षको चाडपर्व अघिल्ला वर्षजस्तो फुर्सदिलो नहुने देखिएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराकाअनुसार विगतका वर्षभन्दा यस वर्ष धान उत्पादन बढ्ने अनुमान छ । सिँचाइ सुविधाको क्षेत्र विस्तार र धान रोप्ने बेला समयमै पानी परेका कारण शून्य दशमलव पाँच प्रतिशतले उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले बताए ।

उनका अनुसार यहाँ चार हजार ८४१ हेक्टरमा रोपाइँ भएको छ । यस्तै, दुई हजार ७४ हेक्टर पाखो जमिनमा धानखेती गरिएको छ । यहाँ आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ४५५ मेट्रिकटन धान उत्पादन भएको थियो ।

2