Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दैनिक ५५३ रुपैयाँ कमाउँछन् नेपाली, कुन प्रदेशको अवस्था कस्तो ?

दैनिक ५५३ रुपैयाँ कमाउँछन् नेपाली, कुन प्रदेशको अवस्था कस्तो ?
अ+ अ-

नेपालीहरूले यो वर्ष १,४९६ अमेरिकी डलर अर्थात् झन्डै २.०२ लाख नेपाली रुपैयाँ औसत आय गरेको अनुमान गरिएको छ।

केन्द्रीय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको विवरणअनुसार नेपालीहरूको औसत प्रतिमहिना आम्दानी झन्डै १६८३३ र प्रतिदिन ५५३ रुपैयाँ हुन्छ।

तर बागमती प्रदेशमा बस्ने मानिसको औसत वार्षिक कमाइ करिब ३.५१ लाख रुपैयाँ र मधेश प्रदेशमा बस्ने व्यक्तिको औसत वार्षिक आम्दानी करिब १.२५ लाख रुपैयाँ हुने देखिन्छ।

सबै प्रदेशमा बस्ने नेपालीहरूको औसत आम्दानी समान छैन। बागमती प्रदेशमा बस्नेहरूको औसत कमाइ अन्य प्रदेशमा बस्नेहरूको भन्दा धेरै छ भने मधेश प्रदेशमा बस्नेले बागमती प्रदेशमा बस्नेहरूको भन्दा आधा पनि कमाइ गरेका छैनन्।
तथ्याङ्क कार्यालयले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयको छुट्टाछुट्टै मापन गर्छ।

कुन प्रदेशमा कस्तो छ ?

केन्द्रीय तथ्याङ्क कार्यालयले प्रतिव्यक्ति आयजस्तै हरेक प्रदेशको कुल गार्हस्थ्य उत्पादनलाई उक्त प्रदेशको कुल जनसङ्ख्याले भाग गरेर उक्त प्रदेशका मानिसहरूले हरेक वर्ष कति कमाइ गरेका छन् भनेर हेर्ने गरेको छ।

यो आर्थिक वर्षको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा थोरै मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान उक्त कार्यालयले गरेको छ।

अमेरिकी डलरमा यो आर्थिक वर्ष बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २,६०२ छ भने मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान छ।

बागमती प्रदेशपछि धेरै कमाउने गण्डकी प्रदेशमा बसोबास गर्ने मानिसहरू छन्।

यो प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,६१९ डलर छ। सातमध्ये पाँच प्रदेशका मानिसहरूको औसत कमाइ भने नेपालीहरूको औसत कमाइभन्दा न्यून छ।

कार्यालयका अनुसार नेपालभरिको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,४९६ डलर छ भने कोशी प्रदेशको १,४०१ डलर, लुम्बिनी प्रदेशको १,२०१ डलर, सुदूरपश्चिम प्रदेशको १,१५३ डलर, कर्णाली प्रदेशको १,०८९ डलर छ।

2