काठमाडौं: सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले एक्साइड ब्याट्रीमा ५० प्रतिशतसम्म छुटसहितको ‘महा-एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। चाडपर्वलाई लक्षित गरी ल्याइएको यो योजना १ अक्टोबरदेखि ३० नोभेम्बरसम्म सञ्चालन हुनेछ।
योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साट्न वा नयाँ ब्याट्री खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकले ब्याट्री खरिद वा साटफेर गर्दा ५० प्रतिशतसम्म छुट पाउनेछन्। यसका साथै कम्पनीले क्यासब्याक र निःशुल्क सर्भिसिङको सुविधा पनि उपलब्ध गराएको छ।
योजना अवधिभर हरेक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन्। ग्राहकले एकपटक निःशुल्क ब्याट्री जाँच तथा सर्भिसिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यो सुविधा नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा खुद्रा विक्रेतामार्फत उपलब्ध हुनेछ।
योजनामा सहभागी हुन ग्राहकले एक्साइड ब्याट्री खरिद वा साटफेर गरेपछि सिप्रदी स्टार एपमार्फत विद्युतीय रूपमा वारेन्टी दर्ता गर्नुपर्नेछ। वारेन्टी दर्ता गरेपछि ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ। योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१-५९७०३३९ मा सम्पर्क गर्न सकिनेछ।

