Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

लक्ष्मी सनराइज क्यापिटलले पारित गर्यो ११ प्रतिशत नगद लाभांश

लक्ष्मी सनराइज क्यापिटलले पारित गर्यो ११ प्रतिशत नगद लाभांश
A A+ A-

काठमाडौं: लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका प्रस्तावहरू पारित गरेको छ।

कम्पनीले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् ५.३८ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। असार मसान्त २०८३ को वासलात अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १२.६६ रहेको थियो भने वितरणयोग्य आम्दानी १२.८६७ प्रतिशत थियो।

सभाले आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका लागि एन.बि.एस.एम एण्ड एशोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरेको छ। तीन दशकभन्दा बढी समयदेखि पुँजी बजारमा सक्रिय रहेको यस कम्पनीले हाल ६ वटा बन्दमुखी र १ वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार म्युचुअल फण्डको कुल व्यवस्थापन रकम करिब ७ अर्ब रुपैयाँ पुगेको छ।

यसका साथै, कम्पनीले विशिष्टीकृत लगानी कोष अन्तर्गत १ अर्ब रुपैयाँको लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड मार्फत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको छ। लक्ष्मी सनराइज क्यापिटल अपरेटिङ प्रिन्सिपल फर इम्प्याक्ट मेनेजमेन्ट (इम्प्याक्ट प्रिन्सिपल्स) मा हस्ताक्षर गर्ने नेपालको पहिलो संस्था समेत रहेको छ।

2