काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं नजिकिँदै गर्दा एलिका चिम्नीले स्वच्छ हावा, आरामदायी भान्सा र खुसीका पलहरूको सन्देशसहित सम्पूर्ण नेपालीलाई दशैंको शुभकामना व्यक्त गरेको छ।
‘अ ब्रेथ अफ फ्रेसनेस’ अर्थात् ‘ताजगीको एक सास’ भन्ने अवधारणासहित एलिका चिम्नीले खाना पकाउँदा उत्पन्न हुने धुवाँ र गन्ध कम गर्न सहयोग गर्दै भान्सालाई स्वच्छ र आरामदायी बनाउन लक्षित प्रविधि प्रस्तुत गरेको छ।
एलिका चिम्नीमा ऊर्जा बचत, शक्तिशाली सक्सन, शान्त सञ्चालन, १४० देखि २७० भोल्टसम्मको फ्लेक्सी भोल्टेज प्रविधि तथा आवश्यकताअनुसार सक्सन गति समायोजन गर्ने सुविधा रहेका छन्। कम्पनीले चिम्नीको मोटरमा १५ वर्षको वारेन्टीसमेत प्रदान गर्दै आएको जनाएको छ।
दशैंमा विभिन्न परिकार बनाउँदा भान्सामा धुवाँ र गन्ध बढ्न सक्ने भएकाले एलिकाले स्वच्छ हावा, स्वादिष्ट परिकार र सुन्दर भान्साको अनुभवलाई प्राथमिकता दिएको छ।
यस दशैंमा प्रियजनसँग खुसी साट्दै स्वच्छ र आरामदायी भान्साको अनुभव लिन आग्रह गर्दै एलिकाले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित बडादशैंको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।

