Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

एलडीसीबाट स्तरोन्नतिको चुनौती सामना गर्न निर्यात क्षेत्रको तयारीमा जोड

एलडीसीबाट स्तरोन्नतिको चुनौती सामना गर्न निर्यात क्षेत्रको तयारीमा जोड
फाइल फोटो
A A+ A-

काठमाडौं। नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने प्रक्रियामा आउन सक्ने चुनौतीलाई अवसरमा बदल्न सरकार र निजी क्षेत्रले तत्काल तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्।

निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन) को आयोजना र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को सहयोगमा आयोजित राष्ट्रिय संवादमा सहभागीहरूले स्तरोन्नतिको अतिरिक्त समयलाई उत्पादनको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजार विस्तारमा उपयोग गर्नुपर्ने बताए।

नेपालले स्तरोन्नतिको समयावधि थप गर्न तीन वर्षको समय माग गरेको सन्दर्भमा सहभागीहरूले तयारीलाई पछि सार्नेभन्दा अहिलेबाटै योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा निर्यात प्रवर्द्धन र औद्योगिक विकासका लागि सरकारले अघि सारेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ। विशेषगरी साना तथा मझौला निर्यातमुखी उद्यमको क्षमता विकास, उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूको जोड छ।

परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले निजी क्षेत्रलाई सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु सरकारको प्राथमिकता रहेको बताए। मन्त्रालयकै अर्का अधिकारी मणिरत्न शर्माले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले निर्यात प्रवर्द्धनका लागि कार्ययोजना बनाएर काम गरिरहेको जानकारी दिए।

फिनका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले स्तरोन्नतिपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सामना गर्न सक्ने चुनौतीलाई ध्यानमा राखेर प्रतिस्पर्धात्मक क्षमता विकास गर्नुपर्ने बताए।

फिनका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगी र कार्यकारी निर्देशक रामसुदन तिमल्सिनाले समय थपिए पनि तयारीमा ढिलाइ गर्न नहुने र दुवै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

आईएलओका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्माले स्तरोन्नतिलाई अवसरका रूपमा लिनुपर्ने बताए। कार्यक्रममा साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारमेन्टका कार्यकारी निर्देशक डा. पारस खरेलले स्तरोन्नतिले साना तथा मझौला उद्यममा पार्ने प्रभावबारे प्रस्तुति दिएका थिए।

2