Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण

इच्छाकामनाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई  लालपुर्जा वितरण
A A+ A-

 चितवन। चितवनको इच्छाकामना गाउँपालिका–७ भालुमारा सुन्दरबस्ती र सङ्गम टोलका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी ३२ परिवारलाई आज जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

भूमि समस्या समाधान समितिका केन्द्रीय अध्यक्ष बलभद्र बाँस्तोलाको उपस्थितिमा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष गणेश अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिएको हो।

कार्यक्रममा समितिका केन्द्रीय अध्यक्ष बाँस्तोलाले लालपुर्जा वितरणमा प्रमुख जिल्ला अधिकारी अर्याल र उनको टोलीको महत्वपूर्ण भूमिका रहेको बताउँदै गाउँपालिका अध्यक्षसहित यस कार्यमा खटिएका कर्मचारीलाई धन्यवाद दिए। यसअघि ३४ र आज थप ३२ परिवारलाई लालपुर्जा वितरण गरिएसँगै चितवनमा ६६ परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेको उनले बताए।

उनले भने, “भूमि समस्या समाधान समितिको अध्यक्ष भइसकेपछि सम्भवतः यसमा पनि चितवन जिल्ला पहिलो भएको छ। योभन्दा अगाडि हामी ३४ वटा घरपरिवारलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई पुर्जा वितरण गर्न सफल भएका थियौँ। आज ३२ वटा घरपरिवार गरेर ६६ घरपरिवारलाई हामी पुर्जा वितरण गर्न सफल भएका छौँ।”

उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले हालै ल्याएका अध्यादेशले कानुनी जटिलता हटाउन सहयोग पुग्ने बताए। भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीका लागि राजस्व घटाउने तथा किस्ताबन्दीमा राजस्व तिर्न पाउने व्यवस्थाले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने प्रक्रिया सहज हुने उनको भनाइ थियो।

उनले जग्गा उपलब्ध गराउन नसक्ने स्थानीय तहमा नेपाल सरकारले जग्गा अधिग्रहण गरेर भए पनि भूमिहीन दलितलाई उपलब्ध गराउने व्यवस्था अध्यादेशमा रहेको बताए।

अध्यक्ष बाँस्तोलाले वन, मध्यवर्ती तथा संरक्षित क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको समस्या समाधान गर्न पनि कानुनी व्यवस्था गरिएको बताए। उनका अनुसार २०६६ साल माघ २८ गतेभन्दा अगाडिदेखि बसोबास गर्दै आएका र स्थानीय तहबाट त्यसको प्रमाणित भएका नागरिकलाई सम्बन्धित कानुनी व्यवस्थाअनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन सकिनेछ।

लालपुर्जा प्राप्त गरेका लाभग्राहीले ६० दिनभित्र सम्बन्धित मालपोत कार्यालयमा गई पुर्जा अद्यावधिक गर्नुपर्ने उनले बताए। सरकारले उपलब्ध गराएको जग्गा अद्यावधिक गरेको मितिले १० वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसपछि पनि जग्गा बिक्री गर्दा पुनः भूमिहीन हुने अवस्था सिर्जना गर्न नपाइने स्पष्ट पारे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले लालपुर्जा वितरणको काम देखिएजस्तो सामान्य नभई यसका पछाडि धेरै प्रक्रिया, कानुनी जटिलता र मेहनत जोडिएको बताए। दशैँअघि नै इच्छाकामनाका नागरिकलाई लालपुर्जा वितरण गर्ने उद्देश्यले कर्मचारीले रातदिन खटेर काम गरेको उनको भनाइ थियो।

उनले इच्छाकामना गाउँपालिकाले भूमिहीनको समस्या समाधानका लागि देखाएको सक्रियता अन्य स्थानीय तहका लागि पनि उदाहरणीय हुनुपर्ने बताए। स्थानीय तहले आवश्यक कागजात तयार गरी प्रमाणीकरण गरेर पठाएमा समितिले लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन सक्ने उनको भनाइ थियो।

उनले भने, “हामी आयोगका पदाधिकारी, समितिका पदाधिकारी भनेको इन्धन हौँ। इन्जिन भनेको त पालिका हो। यदि इन्जिन मात्रै स्टार्ट भयो भने ए ग्रेडको इन्धन राखेर हामी गाडी गुडाउँछौ भनेर मैले घोषणा गरेको थिए।

उनले सरकारले देशभर एकजना पनि भूमिहीन नरहने लक्ष्य राखेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्थानीय तहले सक्रियता देखाउनुपर्नेमा जोड दिए। चितवनका अन्य पालिकामा पनि भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम भइरहेको उनले जानकारी दिए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभा ढकालले लामो समयदेखिको राजनीतिक खिचातानीका कारण वास्तविक भूमिहीन नागरिक लालपुर्जा प्राप्त गर्नबाट वञ्चित भएको बताइन्। उनले अहिले सरकारले वास्तविक भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उल्लेख गरिन्। उनले भनिन्, “पहिला पुर्जाको नाममा धेरै कागज बाँडिए, तर अहिले आधिकारिक अधिकारसहितको पुर्जा तपाईंहरूको हातमा आएको छ।”

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकामा भूमिहीन सुकुम्बासीको समस्या क्रमशः समाधान हुँदै गएको बताए। आज लालपुर्जा वितरण गरिएको वडामा मात्रै करिब ६० प्रतिशत भूमिहीनको समस्या रहेको उल्लेख गर्दै उनले जग्गाको नापजाँच र कित्ताकाटको काम अघि बढाइएको जानकारी दिए।
“हामीले करिब तीन हजार ७०० घरधुरीको जग्गा कित्ताकाट गरेर नापजाँच गरेका छौँ”, उनले भने, “अब क्रमशः भूमिहीन सुकुम्बासीको समस्या समाधान हुँदै जानेछ।”

नापी कार्यालय भरतपुरका प्रमुख नापी अधिकृत तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाले इच्छाकामना गाउँपालिका–७ मा आज वितरण गरिएका ३२ सहित यसअघि साउन ८ गते वितरण गरिएका ३४ पुर्जासमेत गरी भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको बताए।

उनका अनुसार जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका करिब ४५ हजार निवेदन परेका छन्। ती निवेदनमाथि अध्ययन तथा आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति मिनिमाधव खनाल, इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्री, डिभिजन वन कार्यालयका प्रमुख विष्णु आचार्य, इच्छाकामना गाउँपालिका–७ का वडाध्यक्ष बमबहादुर थापामगर, वडा नं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती तथा नापी अधिकृत वीरेन्द्र पौडेललगायतको सहभागिता थियो।

2