Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा नुवाकोटमा २६७ मिटर लामो झोलुंगे पुल निर्माण

नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा नुवाकोटमा २६७ मिटर लामो झोलुंगे पुल निर्माण
A A+ A-

काठमाडौँ। नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ।

नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा निर्माण गरिएको पुलको महासंघका अध्यक्ष निकोलस पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे।

गत भदौ १० गतेको बाढीपहिरोले आवतजावत अवरुद्ध भएपछि स्थानीय बासिन्दा, बिरामी र विद्यार्थीले सास्ती खेप्दै आएका थिए। उक्त समस्या समाधानका लागि महासंघको पहलमा भदौ तेस्रो सातादेखि पुल निर्माण सुरु गरिएको थियो। करिब एक महिनामै निर्माण सम्पन्न भई पुल सञ्चालनमा आएपछि ढुङ्गेबजार र त्रिशूली बजारबीचको आवागमन सहज भएको छ।

उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरीले विपद्का समयमा नेपाल निर्माण व्यवसायी महासंघले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खेलेको भूमिका प्रशंसनीय रहेको बताए।

निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेल र बागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौँ नागरिकलाई लाभ पुग्ने संरचना निर्माण हुनु सकारात्मक भएको बताए। यसले निर्माण व्यवसायीप्रतिको सामाजिक दृष्टिकोणसमेत सकारात्मक बनाउन सहयोग पुग्ने उनीहरूको विश्वास थियो।

नेपाल विद्युत् प्राधिकरणको जग्गासमेत उपयोग गरी निर्माण गरिएको पुलबाट सर्वसाधारणलाई आवतजावत गर्न सहज हुने स्थानीय सरोकारवालाले बताएका छन्। उनीहरूका अनुसार पुलबाट बिरामी बोकेका एम्बुलेन्स तथा आवश्यकताअनुसार मोटरसाइकलसमेत आवतजावत गर्न सक्नेछन्।

चाडपर्वको मुखमा पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आवागमनमा राहत पाएका छन्। बाढीपहिरोका कारण अवरुद्ध बनेको बजारबीचको सम्पर्क पुनःस्थापित हुँदा स्थानीयको दैनिक जीवनयापन र व्यापारिक गतिविधिमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

2