काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले दशैंमा नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले शुक्रबार भर्चुअल बैठक गरी विद्युत् अवरोध भए तत्काल मर्मत गरी सेवा सञ्चालन गर्न तथा ‘नो लाइट’ सेवामार्फत उपभोक्ताका गुनासा सम्बोधन गर्न निर्देशन दिएका हुन्।
प्राधिकरणले विद्युत् प्रणालीको नियमित निगरानी र मर्मतसम्भार गर्न तथा चाडपर्वमा विद्युतीय उपकरण सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ।

